मोलुङ हाइड्रोपावर कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष चयन भएका छन् ।

उनलाई नव निर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो ।

असोज १८ गते नै सम्पन्न कम्पनीको १४ औं र १५ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । जसमा संस्थापक समुह (क) बाट ४ जना र  सर्वसाधारण समुह (ख)बाट १ जना महिलासहित २ जना सञ्चालक निर्वाचित भएका छन् ।  संस्थापक समुहबाट निर्वाचित हुनेमा नविन महर्जन, कविन महर्जन, विजय प्रकाश महर्जन, रविन्द्र महर्जन र सर्वसाधारण समुह रामेश्वर महर्जन र  हिरा लक्ष्मी महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया