मेडिकेयर हस्पिटल लिमीटेड कम्पनीले आर्थिक वर्ष २०८०-८१ को मुनाफा तथा सञ्चित रकमबाट चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयसहितका अजेण्डा राखी वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।
अस्पतालको असोज १७ गते बसेको सञ्चालक समितिको २६९ औं बैठकले २०८१ कात्तिक १९ गते २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटलमा बिहान ११ बजेदेखि सभा बोलाइएको छ ।
सभामा चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ६ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव अनुमोदन हुनेछ ।
सभामा १०० रुपैयाँ अंकित दरको सेयरलाई रु. ५० मा विभाजन(सेयर स्पिल्ट) गरी प्रबन्धपत्र र नियमावलीको संसोधन गर्ने, त्यसपछि कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै, आईपीओ बिक्रीपछि प्राप्त हुने पूँजीको उपयोगिताको सम्बन्धमा छलफल हुने अजेण्डा राखिएको सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको कतिपय व्यवस्था संसोधन, महिला सञ्चालकको व्यवस्था लगायतका विषय समेत पेश हुने कम्पनीबाट जारी सूचनामा उल्लेख छ ।