हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ ।

 

हिमालय उर्जा विकास कम्पनी कम्पनीको १४ लाख ४६ हजार ३५५ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गते निष्कासनकर्ता कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।

उक्त हकप्रद सेयरको गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते खोलिएको थियो । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी असोज ३० गते

आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङ,नारायणचौर नक्सालमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया