सानिमा क्यापिटल लिमिटेड कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा आर्थिक वर्ष २०८०/८१ चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै  गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

तपाईको प्रतिक्रिया