प्रभु बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।
TRENDING :