आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।