विभिन्न मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको हिमालयन डिस्टिलरीको नाफा ८९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा १० करोड ५१ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी बढ्दा नाफामा सुधार भएको देखिन्छ । कम्पनीको कुल बिक्री आम्दानी ५३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले उत्पादन बिक्रीवापत कुल १ अर्ब ४८ करोड आम्दानी गरेको छ । पहिले यस्तो आम्दानी ९७ करोड १८ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको कुल सञ्चालन आम्दानी ४४ करोड २८ लाख रुपैयाँ छ ।

पहिले यस्तो आम्दानी २९ करोड ४० लाख रुपैयाँ थियो । नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेकोमा अहिले २९ रुपैयाँ ७७ पैसा छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा छ । उत्पादन समूहको यस कम्पनीको मूल्य बजारमा प्रतिकित्ता १४२० रुपैयाँ हाराहारीमा छ ।

 

तपाईको प्रतिक्रिया