आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार पाँचसय कायम भएको छ । त्यसअघि हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो ।

आज चाँदी पनि महँगिएको छ । चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया