एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९ रुपैयाँमा बन्द भएको थियो । आज यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  कम्पनीले आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ ।

तपाईको प्रतिक्रिया