नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कायम सेयरधनीहरुले सोल्टी होटल लिमिटेडको लाभांस पाउने छन् । लाभांस वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गदैछ । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद(करसहित) गरी कुल ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ४ गते आयोजना हुने साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया