धौलागिरी लघुवित्त वित्तीय संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शिवराज जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

उनलाई मंसिर १७ गतेदेखि लागू हुनेगरी उक्त जिम्मेवारी दिइएको संस्थाले जनाएको छ । हाल जोशी संस्थाको नायम सीईओको रुपमा कार्यरत छन् । यस्तै बैठकले संस्थाका सीईओ सुरेश बहादुर बमको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया