आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई सीईओ नियुक्त गरेको छ ।  उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका यसअघिका सीईओ कवि फुयाँलको कार्यकाल गत भदौ ६ गतेदेखि समाप्त भएपछि कम्पनी सीईओ बिहिन थियो । कम्पनीको कामु सीईओको जिम्मेवारी दिनेश बहादुर अमात्यले सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया