माया खोला हाईड्रोपावर कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले दिनेश प्रशाद श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको छ ।
यस्तै रिक्त रहेको कम्पनीको सञ्चालक पदमा आगामी साधारण सभासम्मका लागि रमेश राज सिवाकोटीलाई नियुक्त गरिएको छ । सोही दिन बसेको बैठकले कम्पनीका यसअघिका अध्यक्ष विजयमान शेरचनले मंसिर ११ गते आफ्नो व्यवहारिक कारण देखाई दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।