नेपाल वेयर हाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको असोजमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुख नोक्सानी बेहोरेको थियो । गत वर्षको तुलनामा कम्पनीले आफ्नो नोक्सानी घटाएको देखिन्छ ।
असोजसम्म कम्पनीले ९३ लाख १६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० लाख २४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
अवधिमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च ३४ लाख १५ हजार रुपैयाँ, अन्य खर्च १५ लाख ४ हजार रुपैयाँ र वित्तीय लागत १ करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च २ लाख ५७ हजार रुपैयाा, अन्य खर्च १ करोड ३१ लाख रुपैयाँ र वित्तीय लागत ७१ लख ४९ हजार रुपैयाँ थियो ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रमोटर एडभान्स ८ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटी १६ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीले निर्माण गरेका सुनसरी इकाईको १५ हजार मेट्रिक टन बराबरको ३ वटै साइलो र पर्सा इकाईको २५ हजार मेट्रिक टन बराबरको ४ वटा साइलोमा भण्डारण कार्यको सुरुवात भएको छ । कपिलवस्तुको १५ हजार मेट्रिक टनका ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । आगामी सिजनमा भण्डारण सुरुवात गर्ने तयारी कम्पनीको छ । यी साइलोको निर्माण पश्चात कम्पनीको आय सोही हिसाबले वृद्धि हुने कम्पनीको भनाइ छ ।