डिप्रोक्स लघुवित्त वित्तीय कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १७ करोड ६ लाख १९ हजार ६९८.२७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने १६ करोड २० लाख ८८ हजार ७१३.३६ रुपैयाँबराबरको बोसन सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ८५ लाख ३० हजार ९४८.९१ रुपैयाँबराबरको नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया