प्राइम कमर्सियल बैंक लिमीटेडले ९ प्रतिशतको मुद्दति निक्षेपको ब्याजदर बढाएको छ ।

मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो ।

संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ ।

पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ ।

मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

संस्थागततर्फको ब्याजदर चाहिँ  ६ महिनादेखि १ वर्षेका लागि ३.७५ र १ वर्षभन्दा बढी अवधिका लागि ४ प्रतिशतलाई यथावत राखिएको छ ।

बचत खाता तर्फको अधिकतम ब्याजदर मंसिरकै ५.९५ प्रतिशतलाई निरन्तरता दिइएको छ ।

 

तपाईको प्रतिक्रिया