सांग्रिला डेभलमेन्ट बैंकको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कुल लाभांशमध्ये ३.६५ प्रतिशतका दरले बोनस सेयर र ०.१९ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो ।
बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।