हिमालय उर्जा विकास कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले दुई आर्थिक वर्ष २३ औं र २४ औं वार्षिक साधारण सभा एकैपटक डाकेको छ ।
उक्त सभा पुस २६ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सभामा आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, २०७९/८० र २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।