लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ ।

यो विकास बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको ४९० औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

बैंकले कुल २४ करोड ६२ लाख ६९ हजार बराबर रुपैयाँको लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावि लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

तपाईको प्रतिक्रिया