
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस २७ गते दाङको घोराहीमा रहेको हौटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ प्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।