कैलाश हेलिकप्टर सर्भिसेस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागी बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।

यस्तै, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

तपाईको प्रतिक्रिया