पर्वत पैयु खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साधारण सभा आगामी पुस २८ स्याङजाको  वासिलङमा रहेको गामबेसी होटलमा बिहान ११ बजेदेखि २ बजेसम्म आयोजना हुनेछ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षणको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

तपाईको प्रतिक्रिया