सिडिएस एण्ड क्लियरिङ लिमिटेडकम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको कार्यकारी प्रमुखको पदमा पन्दाकलाई चयन गर्ने निर्णय गरेको छ।
पन्दाकको नियुक्तिसँगै कम्पनीले आफ्नो नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। प्रविन पन्दाक यसअघि पनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग आवद्ध थिइन्। उनले कम्पनीमा सञ्चालकको रुपमा लामो समयसम्म काम गर्दै अनुभव सँगालेकी छिन्। पन्दाकले आफ्नो अनुभव र नेतृत्व क्षमताको आधारमा कम्पनीको कार्यक्षमतामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड नेपालको पूँजी बजारमा सेयर कारोबारसँग सम्बन्धित क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्ने महत्वपूर्ण संस्था हो।