माछापुच्छ्रे बैंकको संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ ।
बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको थियो । तर, खरिद गर्न इच्छुक नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।