घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार भने सुनको मूल्य २ हजार रुपैयाँले बढेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।