मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् । भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ । कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरू चर्किएको विवरण भने प्राप्त भएको छ नेपाली समय अनुसार मंगलबार बिहान ६ः५० मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

 

तपाईको प्रतिक्रिया