साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो ।
आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५३ अंकले बढेर २ हजार ६५३.३८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।