स्काईवार्क टावर कम्पनीले  संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजादै सर्वसाधारणलाई सेयर बेच्ने भएको छ  ।शुक्रबार सम्पन्न सातौ बार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।यद्यपी कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । ‘सेयर निष्काशनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ’ उनले भने ।

पछिल्लो समय घाटामा गएका कम्पनीहरुले सेयर सर्बसाधारणमा जारी गर्ने र सस्थापकहरूले सेयर बेचेर कम्पनी छोड्ने प्रवृति बढ्दै गएको छ । तर स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे ।

‘शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया