सञ्चालनको तयारीमा रहेको पाँचतारे होटल रोयल टुलिप काठमाडौंको महाप्रबन्धमा बलराम पाठक नियुक्त भएका छन्। गुण ग्रुपद्वारा निर्माण गरिएको द म्यासिफ होटलका महाप्रबन्धक रहेका पाठकलाई रोयल टुलिपले पनि सोही जिम्मेवारी दिएको हो। रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकायाले दुई पक्षीय सम्झौताकै बेला महाप्रबन्धकको रुपमा पाठकले जिम्मेवारी दिने घोषणा गरेका थिए। सोही घोषणा अनुसार पाठकलाई जिम्मेवारी दिइएको ग्रुपले जनाएको छ।

द म्यासिफ होटलको व्यवस्थापन सम्हालेको रोयल टुलिपको काठमाडौं प्रवेश पहिलो हो। लामो अनुभव बटुलिसकेका महाप्रबन्धक पाठक ३० वर्षदेखि होटल क्षेत्रमा काम गर्दै आएका छन्। उनी यस अघि सोल्टी होटलबाट बाहिरिएर द म्यासिफमा आबद्ध भएका थिए।

६ अर्ब लगानीमा निर्माण भई सञ्चालनको तयारीमा रहेको होटलमा ३०२ वटा कोठा छन्। पहिलो चरणमा बैंक्विट हल र मिटिङ हलसहित केही कोठा सञ्चालन गरी अबको ६ महिनाभित्र पूर्ण रुपमा सञ्चालन गर्ने योजना होटलको छ।

तपाईको प्रतिक्रिया