नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमा लेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमा लेख प्रस्तुत गरेको छ ।

जुम मिटिङ मार्फत जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतले यस बीमा लेखको उद्घाटन गर्नु हुँदै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमा लेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमा लेख–४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बालबच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनी कै एक अव्वल योजना रहेको बताउनु भयो ।

यस बीमा लेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनु हुँदै यस बीमा लेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ ।

यस बीमा लेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनु पर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्मलिन सकिने यस बीमा लेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमा शुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिक रुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पणमूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमा लेखमा रहेको बताउनु भयो ।

यस बीमा लेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमा लेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको  बताउनु भयो  साथै उहाँले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र  नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया