सानिमा बैंकले एक सूचना जारी गर्दै ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया