लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा काम गर्दै ख्याती कमाउदै आएका लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसन (एलसिआईएफ)का एरिया लिडर एवं मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्वकाउन्सिल चियरपर्सन राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर (आईडी) पदमा (इन्डोर्सी) उम्मेदवारी दिएका छन्।

आउँदो फागुन २४ मा हुने लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशनबाट पदमा निर्वाचित हुनेगरी लम्सालले सोही पदमा उम्मेदवारी दिएका छन्। लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपालका तेस्रो महाधिवेशन नोमिनेसन कमिटी चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेललाई शुक्रवार पोखरामा आयोजित एक कार्यक्रमका बीच उम्मेदवारी फाइल समेत हस्तान्तरण गरेका छन्।

उनले डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशनबाट इन्डोर्सी लिई सकेपछि मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आगामी बर्षको जेठ महिनामा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने छन्। मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चुनिने छन्।

२०२६ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा राजन लम्सालको जन्म भएको हो । पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तान मध्ये उनी जेष्ठ पुत्ररत्न हुन् । स्याङ्जा जिल्लाको थातथलोबाट हाल उनी काठमाडौं महानगरपालिका वडा नं २६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन् । आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा र हजुरबुवा हजुरआमालाई आदर्श व्यक्तित्वमा रुपमा लिने गर्दछन् । बाल्यकालदेखि नै सकारात्मक सोंचको विकास गर्नमा घर परिवारको महत्वपूर्ण भूमिका रहेको बताउने लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै आएका छन् । उनको काम गर्ने सकारात्मक शैली र प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन र मुटुमा बस्न सफल व्यक्तिकाका रुपमा दर्ज गराएका छन्।

गाउँकै जनप्रिय माविबाट प्रारम्भिक शिक्षा आरम्भ गरेका लम्सालले उक्त विद्यालयमा ७ कक्षासम्म पढे । आठ कक्षा पढ्न उनी बुटवलस्थित बुटवल मावि पुगे। निर्माण व्यवसायमा आवद्व बुवाले बुटवलमा बसाइँ सराईगरेपछि उनी उतै रमाए । र, त्यहीबाट २०४३ सलामा प्रवेशिका परीक्षा पास गरे । उच्च शिक्षाका लागि उनी काठमाडौं हानिए । पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह उत्तीर्ण गरे पछि शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे ।

यो बीचमा उनको परिवार बुटवलबाट नवलपरासीको चोरमारा (हालको मध्यबिन्दु नगरपालिका) मा स्थायी रुपमा बसाइँ सर्‍यो ।स्नातक तहको अध्ययन पश्चात् आर्थिक उपार्जनतर्फ उनको झुकाउव बढ्न थाल्यो ।

आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे । त्यहाँ करिब १०-१२ वर्षसम्म रही फाइनान्स र एडमिनहेडसम्मको अनुभव प्राप्त गरेपछि व्यवसायतर्फ उनको ध्यान मोडियो ।

साथीसंगीसँग व्यवसायिक साझेदारी गरी उनले ट्राभल एजेन्सी, होटेल व्यवसाय र म्यानपावर कम्पनी सञ्चालन गर्न थाले । कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा जमेका छन् । सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्थाको खडा नै गरे । उनी त्यस संस्थाको संस्थापक अध्यक्ष हुन् ।

 

तपाईको प्रतिक्रिया