प्राइम कमर्सियल बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको छ ।

यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २० गतेभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्नु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया