हिमालयन डिष्टिलरी कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। सो विवरणहरु अद्यावधि भएपश्चात मात्रै नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।  यस्तै कम्पनीले आव २०७२/७३, २०७३/७४ र २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित लाभांश रकम बुझिलिन नआएका सेयरधनीहरुको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा गत मंसिर महिनामा जम्मा गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया