
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक बृद्धि भएको छ ।
४ अर्ब ९५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १ करोड थियो भने अन्य इक्विटीमा २ करोड ८९ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १२ करोड ५४ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ७ प्रतिशतले बढेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २३ करोड १६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५ दशलमव ४४ प्रतिशतले बढेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७८ करोड ६९ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १४ दशलमव ९३ प्रतिशतले वृद्धि भएको हो।
यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ९ करोड १६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १६ करोड ६३ लाख खर्चिएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ दशलमव ७२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ११ अर्ब १७ करोड ३७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४८.५९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा कायम भएको छ। पीई रेसियो ४४.४७ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ।