सोमबार घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया