एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।
कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Online Arthik










