शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन १३ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया