आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ९ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया