नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।

शुक्रबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन २ हजार ७ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया