क्यानडास्थित टोरन्टो पियर्सन इन्टरनेशनल विमानस्थलमा जहाज दुर्घटना भएको छ । ल्यान्डिङको समयमा उक्त विमान दुर्घटना भएको हो ।

डेल्टा एयरलाइन्सको ४८१९ विमान ल्यान्डिङको क्रममा दुर्घटना भएको हो । स्थानीय समयअनुसार सोमबार दिउँसो पौने ३ बजे यो दुर्घटना भएको हो । उक्त जहाजमा ८० जना सवार रहेको बताइएको छ । त्यसमध्ये ७६ जना यात्री र चार जना चालक दलका सदस्य रहेको बताइएको छ ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् । त्यसमध्ये तीन जना गम्भीर घाइते रहेको बताइएको छ । दुर्घटनापछि सबै यात्रुलाई बाहिर निकालिएको छ । दुर्घटनाको कारण भने पत्ता लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया