तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत पुस २४ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत (कर बाहेक) नगद लाभांश गत पुस ६ गतेसम्म हितग्राही खातामा बैंक/वित्तीय संस्थाको खाता नम्बर उल्लेख/अध्यावधिक भएका सेयरधनीहरूको हकमा उक्त लाभांश रकम बैंक खातामा जम्मा गरिएको हो ।
साथै, भौतिक रूपमा कायम सेयरधनीहरूको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरे पश्चात मात्र नगद लाभांश सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख गरेका बैंक खातामा पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह समेत गरेको छ ।
हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक÷वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका सेयरधनीहरूले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अध्यावधिक गराई समयमा नै आफ्नो लाभांश प्राप्त गर्न पनि आग्रह गरिएको छ ।
कम्पनीको सेयर मिति गत पुसन ६ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका सेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ ।

Online Arthik










