
आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको वृद्धिसँगै सेयर बजार लागातार ७ दिन बढेको छ । यो अवधिमा सेयर बजार ८७.३९ अंकले बढ्यो
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.९० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२ प्रतिशत, होटल ०.०५, लगानी ०.७७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८ र म्युचुअल फण् समूह ०.०५ प्रतिशतले बढ्यो ।
यो दिन व्यापार समूह सर्वाधिक २.५१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.१२ प्रतिशत, वित्त ०.७१, लघुवित्त ०.१५,निर्जीवन बीमा ०.२८ प्रतिशत र हाईड्रो समूह ०.०६ अंकले घट्यो ।