सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
सानिमा बैंक, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्वस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को’१० करोड इकाइको बिक्री आवेदन गत फागुन ६ गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो । तर निर्धारित समयभित्र मागबमोजिम आवेदन नपरेकाले म्याद थप्दै खरिद आवेदन दिने समयावधि फागुन २० गतेसम्म तोकिएको थियो ।
तर माभन्दा अधिक आवेदन परेकाले योजनाको इकाई बिक्री आवेदन आज बन्द गर्न लागिएको हो । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रतिइकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।
उक्त निष्कासन गरिएको इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिएको छ ।
यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरुमार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सममार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

Online Arthik









