
बिहिबार आज कारोबारमा आएका १८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौं अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्प्र हेवा खोला हाइड्रोपावर कम्पनी बढि मूल्यमा कारोबार हुने कम्पनी बनेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।