सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले चैत १५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८ प्रतिशतका दरले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.४२ प्रतिशतका दरले ५ करोड ५९ लाख २१ हजार रुपैयाँ नगद गरी कुल २८.४० प्रतिशत लाभांश पारित गर्नेछ ।

बोनस सेयर वितरणपश्चत् चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ । गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक एसआर एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २७ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया