नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको छ ।

साताको पहिलो करोबारको दिन आज १९६ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, हिमालयन रिइन्स्योरेन्सको ८५ करोड, सिन्धु विकास बैंकको ४० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड र साहस ऊर्जाको २६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टीलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैक र डोर्दी खोलाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

 

तपाईको प्रतिक्रिया