ङादी ग्रुप पावर कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२।२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री गरेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Online Arthik









