धनगढि मउपमहानगरपालिकाले फोहोर मैलालाई आफ्नो आम्दानीको स्रोत बनाएको छ ा फोहोरमैला सदुप्रयोग गरि ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । फोहोरमैला सदुप्रयोग गरि ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । धनगढीमा फोहोर वर्गीकरण गर्न दैनिक १० कामदार खटिएका छन् । बजार र बस्तीबाट ट्रयाक्टरमार्फत संकलन गरी ल्याइएको फोहोरबाट कागज, प्लास्टिक, सिसालगायत सामग्री छुट्याउने काममा खटिएका छन् ।

धनगढी उपमहानगरपालिका– २, दक्षिण बेहडीस्थित सूक्ष्म वर्गीकरण केन्द्रमा ६ महिनादेखि फोहोर वर्गीकरण भइरहेको छ । कुहिने ठोस र नहुकिने फोहोर मात्र सूक्ष्म वर्गीकरण केन्द्रमा लगेर प्लास्टिक, सिसा, कागज, बोतल, तारलगायतलाई छुट्याएर राख्ने गरिएको छ । वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन् ।

‘वर्गीकरण गरेर राखेको फोहोरमैला बिक्रीका लागि सम्झौता भइसकेको छ, १५ लाखजतिको फोहोर वर्गीकरण भइसकेको छ,’ उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले भने, ‘वर्गीकरण गरिएको नकुहिने फोहोरबाट मात्र वार्षिक ५० लाख आम्दानी हुने देखिएको छ ।’ उपमहानगरसँग पुनः प्रयोगमा आउने फोहोर किन्न सोनुराज ट्रेड एन्ड सप्लायर्सले सम्झौता गरिसकेको छ । गत आइतबारबाट वर्गीकरण भएको फोहोर पनि उठाउन थालिसकेको छ ।

वार्षिक करिब ८९ हजार रुपैयाँ भाडा तिर्ने गरी एक बिघा जमिन भाडामा लिएर करिब २६ लाखको लगानीमा गत भदौबाट सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको हो ।

फोहोरको वर्गीकरण गर्न थालेपछि सहज भएको उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले बताए । अवस्थीका अनुसार उपमहानगरले नगर क्षेत्रबाट दैनिक करिब २० टन फोहोरमैला संकलन गर्छ । त्यसमध्ये आधा कुहिने फोहोर हुन्छ । उपमहानगरले नगरका १९ वडामध्ये नौवटाबाट दैनिक फोहोर संकलन गर्छ ।

 

तपाईको प्रतिक्रिया