एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई खरिदका लागि आवेदन दिन समयावधि लम्बाइएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत फागुन २२ गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन २६ गते हुने जनाइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय थप गरिएको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । अब यो योजनाको इकाई खरिदका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
यद्यपी म्याद थप अवधिमा मागभन्दा बढी आवेदन पर्न आएमा भने निर्धारित समय अगावै इकाई खरिद बन्द गरिने समेत जनाइएको छ ।
यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई तथा योजना व्यवस्थापक माछापुच्छ्र्रे क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख कोष प्रवद्धक माछापुच्छ्रे बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो १२ वर्षे अवधिको बन्दमुखी योजना हो।


Online Arthik











